‘हेरा फेरी ४’ को तयारी सुरु

मुम्बई । बलिउडको कल्ट क्लासिक कमेडी फिल्म ‘हेरा फेरी’को चौथो संस्करण ‘हेरा फेरी ४’को तयारी सुरु भइसकेको छ । ‘हेरा फेरी ४’ मा एकपटक पुनः अक्षय कुमार, सुनील सेठ्ठी र परेश रावल देखिँदैछन् । यसपटक फिल्ममा अभिनेता सञ्जय दत्त पनि देखिँदैछन् ।

अहिले यो फिल्म सुटिङ सुरु हुनुअघि नै कानुनी झमेलामा परेको छ । टी सिरिजले निर्माताविरुद्ध कानुनी उजुरी दिएका छन् । टी सिरिजले दिएको निवेदनमा फ्रेञ्चाइजीको हरेक गीतको दृश्य र अडियोमा आफ्नो अधिकार दाबी गरेको छ ।

सिरिजले निर्माताले फ्रेञ्चाइजीको संगीत र अडियो अधिकारको प्रयोगअघि अनुमति नलिएको भन्दै नोटिस पठाएको छ । नोटिसमा कम्पनीले आफूलाई फ्रेञ्चाइजीको अडियो र भिजुअलको सबै कपीराइटको एक मात्र एक्सक्लुसिभ हाल्डर भनेको छ ।

‘हेराफेरी’ सन् २००० मा प्रिय दर्शनले निर्देशन गरेको फिल्म हो । फिल्मले एक गरिब जमिन्दार र उसको घरमा बस्ने दुई युवाको कथालाई चित्रण गरेको छ । यसको दोस्रो भाग ‘फिर हेरा फेरी’ सन् २००६ मा प्रदर्शनमा आएको थियो । यसको निर्देशक नीरज वोराले गरेका थिए । फिल्मको तेस्रो संस्करण अर्थात् ‘हेरा फेरी ४’को निर्देशन फरहाद सामजीले गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार