दोलखामा पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु

दोलखा। पेट्रोल सेवन गरेका दोलखा कालिन्चोक गाउँपालिका वडा नम्बर–९, सुन्द्रावतीका एक नाबालकको मृत्यु भएको छ । सुन्द्रावती निवासी मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको मृत्यु भएको हो। उक्त परिवार हाल सिंगटीमा पसल सञ्चालन गर्दै आएका थिए ।

पारिवारिक स्रोतका अनुसार नाबालकले कोठामा राखिएको पेट्रोल पिएका थिए । त्यसपछि नाबालकको अवस्था गम्भीर बनेको थियो । बाइकमा प्रयोग गरेर बाँकी रहेको पेट्रोल पाइप सहित कोठामा राखिएकोमा वालकले सेवन गरेको बताइएको छ ।

पेट्रोल सेवन गरेर गम्भीर भएका बालकलाई उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार