दलितमाथिको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोज्नुपर्छ : प्रचण्ड

'संविधान र कानुनमा मात्रै व्यवस्था गरेर विभेद अन्त्य नहुने जिकिर'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको विभेद सांस्कृतिक अभियान चलाएर स्थायी समाधान खोजिनुपर्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै प्रचण्डले दलित समुदायको विभेद संविधान र कानुनमा मात्रै व्यवस्था गरेर अन्त्य नहुने जिकिर गरे ।

‘दलित समुदायको विभेद यो ठुलो सांस्कृतिक क्रान्तिको विषय छ । संविधान र कानुनमा व्यवस्था गर्ने आफ्नै खालको महत्त्व छ । यसले मात्रै समाधान गर्न सक्दैन । यो संस्कृति अभियान चलेर मात्रै अन्तः स्थायी समाधान हुने देखिन्छ,’ प्रचण्डले भने । पहिलेका शासकहरु कानुन बनाएरै विभेद गर्ने गरेपनि पछिल्लो समय कानुन बनाएर दण्डित गरिएको प्रचण्डले बताए ।

‘यसअघि संविधान र ऐन कानुनमा धेरै विभेद हुने गर्थ्यो । अहिलेको संविधानले दलित समुदायसहित उत्पीडित समुदायप्रति मौलिक अधिकार उल्लेख छ । कानुन बनाउने प्रक्रियामा सकारात्मक रूपमा अघि बढेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजमा यो समस्या जसरी समाधान हुनुपर्ने हो । यो संविधानले परिकल्पना गरेको वा बनेको कानुन बमोजिम प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थिति छ । । बरु विभेदहरू कायमै रहेको त्यो अपमान रहेका थुप्रै घटनाहरू छन् ।’

दलित समुदायमाथि हुने विभेदले समाज कहीँ न कहीँ कलंकित हुने स्थितिमा पुगेको भन्दै प्रचण्डले दुख व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार