रोकिएन सेयर बजारको ओरालो यात्रा

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्जमा १५.७६ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा आइपुगेको हो ।

यसक्रममा आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको कारोबार सुरु भएको सुरुवाती समयमा भने बढ्ने संकेत गरेको थियो ।

यसअघि हिजो घोडेजात्राका कारण उपत्यका बिदा हुँदा नेप्सेको कारोबार समेत बन्द थियो । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ७ अंकको गिरावट आएको थियो भने सोमबार २२ अंकले बढेको थियो । आज बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार