थ्री नेसन्स कप : नेपाल र लाओस भिड्दै

'खेल जित्दै सुखद सुरुवात गर्ने दुवै टोलीको लक्ष्य'

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार लाओससँग बुधबार सात वर्षपछि प्रतिस्पर्धा गर्दै छ । प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले लाओसविरुद्ध भिड्न लागेको हो ।

नेपालले सन् २०१६ मा सोलिडारिटी कपमा लाओसविरुद्ध प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल विजयी भयो । फिफा वरीयतामा लाओस १८७ र नेपाल १७५औँ स्थानमा छन् । वरीयता आधारमा नेपाल विपक्षीभन्दा बलियो देखिन्छ । गत डिसेम्बरमा लाओसले म्यानमारलाई २–२ को बराबरी खेलेको थियो । त्यसपछि लाओसले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

आफूभन्दा कमजोर प्रतिद्वन्द्वी भए पनि विपक्षीलाई कमजोर नआँक्ने नेपालका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टोले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पनि विपक्षीलाई कमजोर रूपमा लिन नहुने जनाए । ‘फुटबलमा वरीयताभन्दा पनि खेल महत्वपूर्ण हो,’ प्रिपोस्ट म्याचअगाडि प्रशिक्षक अल्बर्टोले भने, ‘हामीले अन्तर्राष्ट्रिय खेलमा प्राप्त मौकाको सदुपयोग गर्नुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार