इजरायलमा नेतान्याहूको १२ वर्षे शासनकाल ढल्यो, प्रधानमन्त्री बने बेनेट

 

इजरायलमा बेन्जामिन नेतान्याहूको १२ वर्षे शासनकाल समाप्त भएको छ ।

दक्षिणपन्थी नेता नाफ्टाली बेनेटले आइतबार संसदमा ६० मत पाएपछि नेतेन्याहू प्रधानमन्त्री पदबाट मुक्त भएका हुन् । अत्यन्तै साँघुरो ६०(५९ बहुमतका आधारमा अभूतपूर्व गठबन्धनको नेतृत्व गर्दै बेनेट संसद्‌बाट प्रधानमन्त्री चुनिएका हुन् ।

दक्षिणपन्थी राष्ट्रवादी नाफ्ताली बेनेटले ुपरिवर्तनको सरकारु को नेतृत्व गर्दै आइतबारनै शपथ ग्रहण गरेका छन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि उनले येश अटिड पार्टीका नेता याएर लापिडलाई अर्को दुई वर्षका लागि प्रधानमन्त्री पद हस्तान्तरण गर्नेछन् ।

नेतान्याहू इजरायलका हालसम्मकै सर्वाधिक लामो समय सत्तामा रहेका नेता हुन् । नयाँ सरकारमा पहिलो पटक सहभागि भएको एउटा दलले २१ प्रतिशत अरब अल्पसंख्यकको प्रतिनिधित्व गर्दछ ।

इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लिइएको छ ।
नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन् । उनले छिटै नै नयाँ सरकार छिट्टै ढालिदिने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार