शक्तिका आड रविलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी

'प्रधानमन्त्रीले विश्वासको मतका लागि उन्मुक्ति दिएको आरोप'

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

अधिवक्ता युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीमा अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन्।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार