सुनको मूल्यमा समान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारका सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो । जुन, आज १३ सय ४० रुपैयाँ पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार