स्ववियु निर्वाचन : २४३ क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ ।

त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ । ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन् । तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन ।

अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ । त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १र१ कलेजमा निर्वाचन जितेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार