पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । आइतबार १४ वर्षकी बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले घटनाको बारेमा जानकारी लिएको थियो ।
पीडित पक्षबाट बालयौन दुरुपयोग शिर्षकमा जाहेरी दिएपछि यौन दुर्व्यवहार गरेको आरोपमा बालकलाई नियन्त्रणमा लिएको जिल्ला डिएसपी श्रवणकुमार विकले बताए । ती बालकलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन कार्य अगाडि बढाइएको छ ।