प्रचण्डका मानव अधिकार सल्लाहकार बन्दीले दिए राजीनामा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका एकजना सल्लाहकारले राजीनामा दिएका छन्। प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानव अधिकार सल्लाहकार गोविन्द बन्दीले राजीनामा दिएका हुन्।

पूर्वकानुनमन्त्रीसमेत रहेका बन्दीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका हुन्। उनले आफू वकालत पेसामा फर्किनका लागि राजीनामा दिएको बताए।

प्रचण्डले उनलाई स्विट्जरल्याण्डमा भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा भाग लिनका लागि शान्ति तथा मानव अधिकार सल्लाहकार बनाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार