सडकमा लडेर अचेत भएका सुरक्षाकर्मीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टबाट फर्किने क्रममा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

काठमाडौ नागार्जुन बस्ने ४३ वर्षका सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक तीर्थ ढु‌ंगेलको निधन भएको प्रहरीले जनाएको हो । आफैँ सडकमा लडी अचेत अवस्थामा स्थानीयले देखेर उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार