विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

विराटनगर : विराटनगरमा कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेको छन्। प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

आइतबार प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले निषेधाज्ञा तोडेपछि अश्रुग्यास प्रहार गरेको हो। पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो।

प्रदेश नं १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । आजको प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार