जनताले अन्याय कहिलेसम्म भोेग्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् । किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो सरकार कसको हो रु यो सरकार कसको लागि काम गरिरहेको छ ?’

रसायनिक मलमा अनुदान कटौती भएकोमा उनले असन्तुष्टि जनाए । ‘किसानहरुलाई एक बोरा मलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो ? ’ उनको प्रश्न छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार