एसले पनि प्रधामन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले प्राधनमन्त्रीलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षीय बेञ्चमा बस्ने निर्णय गरेको हो ।

उपमहासचिव जगन्नाथ खतिवडाले अगाडि भने, ‘सरकारमा जाने नजाने विषयमा अहिले टुंगोमा पुगेका छैनौं । छलफल अगाडि बढाउने निर्णय गरेका छौं ।’

कसरी जाने, कति संख्यामा जाने जस्ता विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा जानेबारे निर्णय नगरेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार