काठमाडौं । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।परिषद्ले प्रवीणता प्रमाणपत्र तह र बिएस्ससी नर्सिङतर्फको लाइसेन्स परीक्षा लिएको थियो । जसमा न्युन संख्यामा नर्सहरू पास भएका छन् ।
पीसीएल नर्सिङ तर्फको नामदर्ता लाइसेन्स परीक्षामा ८३४ जना नर्स सहभगी थिए । जसमध्ये २६.१ प्रतिशत मात्रै पास भएका छन् ।परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार बीएस्सी नर्सिङतर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन् ।
अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि ३५ दिनभित्र आवेदन दिन तथा आगामी परीक्षामा सहभागी हुन पाउनेछन् । चैत ८ गतेदेखि १३ गतेसम्म दर्ता प्रमाणपत्र उपलब्ध गराउने परिषद्ले जनाएको छ ।