काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्।शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
उनले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको तीन-चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए।
उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’ प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अफ्ठ्यारो नरहेको बताए।