काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने तयारी गरेको छ।
उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न रास्वपाले शुक्रबार साढे ११ बजेको लागि बैठक बोलाएको थियो। तर निर्वाचन आयोगले आचार संहिता जारी भएपछि बैठक नबस्न भनेको भन्दै रास्वपाले बैठक स्थगित गरेको छ। उपराष्ट्रपति निर्वाचनबारे आफूहरू बाचापत्र अनुसार अघि बढ्ने रास्वपाका एक नेताले जानकारी दिए।