आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । सोही रिक्त स्थानको पदपूर्तिका लागि निर्णय लिन बैठक बोलाइएको हो ।

सो निर्णयसँगै पार्टीको तर्फबाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् ।

सम्बन्धित समाचार