मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित गर्न अदालतको आदेश

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन स्थगित गर्न उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ ।

मंगलबार ‘स्कुल अफ मेनेजमेन्ट’मा अध्ययनरत तीनजना विद्यार्थीले मतदानबाट बञ्चित गराइएको भन्दै दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो । अदालतले अर्को आदेश नआउँदासम्म चैत ३ गते हुन लागेको निर्वाचत रोक्न भनेको हो । अदालतले चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सम्बन्धित समाचार