भारतमा २५ करोडभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

भारतमा कोरोना भाइरसका ८० हजार ८३४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमित पछिल्लो ७१ दिन यताकै सबैभन्दा कम हो ।

नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । भारतमा सक्रिय सङ्क्रमितको संख्या दैनिक रुपमा कम हुँदै गएको छ । हाल दश लाख २६ हजार १५९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा मात्रै सक्रिय सङ्क्रमितको संख्यामा ५४ हजारले कमी आएको छ ।

दैनिक सङ्क्रमण दर हाल ४.२५ प्रतिशत रहेको छ । प्रति एक सय नमूना परीक्षण गर्दा ४.२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ३०३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म तीन लाख ७० हजार ३८४ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ६२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८० लाख ४३ हजार ४४६ सङ्क्रमित निको भएका छन् । निको हुने दर ९५.२६ प्रतिशत पुगेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालसम्म २५ करोड ३१ लख ९५ हजार ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार