सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकिकृत कारोबार सुरु भएको छ । दुई कम्पनी गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिको एकिकृत कारोवार सोमबारदेखि सुरु भएको हो । उक्त अवसरमा कम्पनीको प्रधान कार्यालयमा बिशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसैगरी, कम्नपीको सोमबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, गजेन्द्र लाल श्रेष्ठ, र त्साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल, अरुण राज श्रेष्ठ र कमल भटृराई गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसै गरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । यस्तै नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्षसूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार