अनुहार तथा छालाको सुरक्षा कसरी गर्ने ?

काठमाडौं – अहिले गर्मी सिजन सुरु भएको छ । गर्मी बढेसँगै अनुहारमा अनेकन खालका समस्याहरु देखा पर्ने गर्छन । गर्मीमा अनुहारको विशेष ख्याल राख्नुपर्दछ ।

गर्मीमा अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ । अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ। गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन । अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तो दहिले क्लिन्जङको काम गर्छ। काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ ।
अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ । अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस, दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्नसकिन्छ । आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ ।

छालाको स्वच्छन्दता कायम राख्ने उपायहरू:

१. अनुहार सफा राख्नुहोस्

दैनिक अनुहार कम्तिमा पनि दुइ पटक सफा पानी ले धुनुहोस। यसो गर्नाले मरेका कोषहरु, धुलोको कणहरु र अनुहारबाट निस्कने चिल्लो पदार्थ अनुहारबाट हट्दछ। यसको अर्थ धेरै अनुहार धुने भन्ने हैन। दुइरतिन पटक भन्दा बढी अनुहार पखाल्न जरुरी हुन्न। अनुहार धुँदा तातो पानी प्रयोग नगर्नुहोस्। जस्तो पायो त्यस्तै साबुन प्रयोग नगर्नुहोस। सकेसम्म सफा पानी मात्र प्रयोग गरेको राम्रो।

२. नरम छाला सग नरम नै व्यवहार गर्नुहोस।

‍अनुहार पुछ्नको लागि सफा र नरम कपडा प्रयोग गर्नुहोस। भुइँ पुछेको जस्तो गरि अनुहारको पानी पुछ्को लागि रगट्ने काम नगर्नुहोस।

३. छाला सुख्खा हुन नदिनुहोस

विशेष गरि जाडोको बेला छाला सुख्खा भइराख्ने भइकोले सुख्खा हुन नदिने क्रिम तथा मोइस्चराइजर प्रयोग गर्नुहोस। धेरै क्रिमको ब्राण्ड परिवर्तन गरिराख्ने, एकैचोटी धेरै थरिको क्रिम प्रयोग गर्ने नगर्नुहोस।

४. पानी प्रसस्त पिउने गर्नुहोस

जाडोको बेला चिसो हुन्छ भन्दै पानी पिउने कम गर्नु भएको छ भने यो बानी हटाउनुहोस। छालाको स्वस्थताको लागि पानी अपरिहार्य हुन्छ। दैनिक ४र५ लिटर पानी पिउने बानी गर्नुहोस।

५ चिल्लो पिरो कम गर्नुहोस

पेटको अवस्थाले तपाइ को अनुहारको छालामा प्रतक्ष्य प्रभाव पार्छ। चिल्लो पिरो खानेकुराले पेटलाइ राम्रो नगर्ने भएकाले कम खाने गर्नुहोस।

६. अनुहार कोट्याइरहने नगर्नुहोस

अनुहार चलाइराख्ने र डण्डिफोर आयो भनेर कोट्याइरहने नगर्नुहोस। हात र नङमा हुने फोहोर तथा किटाणुले झन् अवस्था बिगार्छ।

७.कपालमा जस्तो पायो त्यस्तो तेल नलगाउनुहोस

कपालमा जस्तो पायो त्यस्तो तेल नलगाउनुहोस। कपालको तेलले अनुहारमा पनि प्रभाव पर्ने हुन्छ। ध्यान दिनुहोस, छाला एकदमै चिल्लो छ भने कपालमा लगाउने तेलको कारणले हुन सक्छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार