विद्यार्थी राजनीतिदेखि राष्ट्रप्रमुखसम्म पौडेलकाे यात्रा

'संविधानको पालना र संरक्षणमा सधै लागि पर्ने बाचा'

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार)ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

पाैडेलकाे उतारचढावपूर्ण राजनीति यात्रा

गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूर्ण रहेको उनी निकटहरू बताउँछन्।पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्।

तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाण्डूमा आएका थिए। पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको उनी निकटहरू बताउँछन्। तर उनी कम्युनिस्ट राजनीतिमा आबद्ध चाहिँ भएनन्।

संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन्। पौडेल यसअघि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बने पनि १७ पटकसम्म मतदान हुँदा पनि पराजित भएका थिए।

पौडेलका कमजोरी र सबल पक्ष

पौडेलका आलोचकहरूले उनी लोभी भएको टिप्पणी गर्ने गरेका छन्।तर पौडेलसँग निकट व्यक्तिहरु बाहिर टिप्पणी गर्ने गरिएको जस्तो लोभी नभएको बताउँछन्।बरु आफ्ना सहकर्मीहरूलाई राजनीतिमा सहयोग नगर्ने पौडेलको कमजोरी रहेको उनका निकटस्थहरु औँल्याउँछन्। पौडेललाई राजनीतिमा नैतिकवान् मान्नेहरू पनि छन्।

राजनीतिक संलग्नता

– हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६ । पोखरा

विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल

जेठरअसारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा

प्रतिनिधि ।

– २०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी

कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक

आन्दोलनमा सहभागी ।

– नन्दीरात्रि माविबाट एसएलसी परिक्षा उत्तिर्ण ।

–नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष ।

–रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष ।

–जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई

–स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।

–२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको

– हैसियतमा २०१९–०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार ।

-२०२०– ०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतार ।

–  गण्डकी छात्र संघको संस्थापक संयोजक, २०२३

– सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३

– प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४

-नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा

मुख्य भूमिका निर्वाह)

– नेपाली काँग्रेस तनहुँको सदस्य (२०३४)र जिल्ला उपसभापति (२०३६)

– जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न

–  गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक २०३७

–  नेपाली काँगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०

– नेपाली काँगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३

– नेपाली काँगेस केन्द्रीय महामन्त्री, (२०६२ – २०६४)

– नेपाली काँगेस केन्द्रीय उपसभापति, (२०६४ – २०७२)

– नेपाली काँग्रेस संसदीय दलको नेता, (२०६४ –२०७०)

– नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२

– नेपाली काँगे्रस केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य,

– उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति (२०७२) भई केन्द्रीय

नेतृत्वमा सक्रिय । कार्यवाहक सभापति

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।

संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आभार व्यक्त गर्दै संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी आफ्नो मार्गनिर्देशक भएको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् । राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार