रामचन्द्रलाई बधाई दिँदै रविले भने-‘सिंगो देशको अभिभावक बन्नु हुनेछ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सिंगो देशको अभिभावक बन्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल विजयी भएपछि बधाई दिँदै रविले सिंगो देशको अभिभावक बन्नेमा विश्वास व्यक्त गरेका हुन् ।

सभापति लामिछाने सामाजिक सञ्जाल फेसबुक लेखेका छन्, ‘मुलुकको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा आदरणीय नेता श्री रामचन्द्र पौडेलज्युलाई हार्दिक बधाई दिन चाहन्छु। सिंगो देशको अभिभावक बन्नु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लिएको छु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार