ललितपुर महानगरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

ललितपुर महानगरपालिकाको शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेल घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो। उनले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस मागेका थिए।
सेवा ग्राहीको उजुरीपछि अख्तियारको टंकालबाट खटिएको टोलीले उनलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार