काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकमा भारी वृद्धि भएको छ । यस दिन नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार अंकको विन्दुमा उक्लिएको हो ।
२.५६ प्रतिशतले नेप्से बढ्दै गर्दा आज १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.५० प्रतिशतले वृद्धि हुँदै ३७९.५० अंकमा उक्लिएको छ भने १३ वटै उपसूचक धनात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ३.५९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.४६ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.२६ प्रतिशतले र जीवन बीमा समूहको उपसूचक ३.२२ प्रतिशतले बढेका छन् ।