पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, दीपेन्द्रले लिए बाउको विकेट

काठमाडौँ – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध दोस्रो सफलता हात पारेकोछ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दोस्रो विकेट लिएका हुन् । सेसे बाउ सात बलमा तीन रन बनाएर आउट भएका हुन् ।

जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले राम्रो सुरुवात गरेको छ ।पिएनजीका ओपनर टोनी उरा ३५ बलमा ८ चौकासहित ४२ रनमा क्रिजमा छन् । ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भएका थिए ।

पहिलो विकेटका लागि उरा र डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार