राष्ट्रपति निर्वाचनमा पौडेललाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारुढ गठबन्धनलाई साथ दिने भएको छ ।संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो ।

मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको एक सांसदले बताए । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार