पाँच दिनमै खोरको एंगल बंगाएर भाग्यो बर्दियाबाट समातेको बाघ

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई खाता जैविकमार्ग बर्दियाले चैत ५ गते डिभिजन वन कार्यालयमा बुझाएको थियो । तर उक्त बाघ खोरको एंगल बंगाएर मंगलबार पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको हो ।

‘खोरमा राखिएको बाघलाई मुभमेन्ट नियाल्न दुई वटा क्यामरा राखेका थियौं’, बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार साहले भने,‘ मंगलबार बिहान ६ बजेसम्म खोरमै रहेको बाघ फलामेडन्डी भाँचेर निस्किएर प्राकृतिक स्थान जंगलतिर गएको देखिन्छ ।’

वार्डेन शाहका अनुसार डार्ट गरि (गोली हानी लठ्याएर) समातेको बाघलाई बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो । बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको शाहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार