अहिले काठमाडौँलगायत पहाडी भेगका केही स्थानमा हिमपात र वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशभरकै पहाडी भेगमा वर्षाको सम्भावना देखिएकाले कुन ठाउँमा पानी पर्छ भनेर ठ्याक्कै तोक्न नसकिने विभागले जनाएको छ ।