पीएनजीविरुद्ध नेपालको संघर्षपूर्ण जित

'आसिफ र सन्दीपको कीर्तिमानी साझेदारी'

काठमाडौँ – आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले जित महत्वपूर्ण जित हात पारेको छ । शुक्रबार यूएईमा भएको खेलमा नेपालले पीएनजीलाई तीन विकेटले पराजित गरेको हो । नेपालको जितमा आशिफ शेख र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे ।

यो जितसँगै नेपालको सोझै ओडिआई मान्यता प्राप्त गर्ने सम्भावना बढेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेख १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनमा अविजित रहे । स्पिनर सन्दीप लामिछाने ५० बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे ।

एक समय १०५–७ को अवस्थामा पुगेको नेपाललाई जिताउन आसिफ र सन्दीपले ७८ रनको अविजित साझेदारी गरेका थिए । ओडिआईमा यो नेपालबाट आठौं विकेटका लागि बनेको उच्च साझेदारी हो । यसअघि आठौं विकेटका लागि उच्च साझेदारी अघिल्लो साता सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले स्कटल्यान्डविरुद्ध ५५ रनको साझेदारी गरेका थिए ।

योसँगै नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन अव ५ मध्य तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जित्न सके नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । नेपालले अव सोमबार युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदान टियुमा अन्तिम चार खेल खेल्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार