केपी ओली कपको फाइनल : खेल हेर्न रंगशाला पुगे ओली

काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनल हेर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन्।

उपाधिका लागि सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा जारी छ। आयोजक केपी एफसीलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटोसँगको भेट पक्का गरेको हो।

नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउनेछन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार