मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको कार्यालय पुगे कृष्णचन्द्र नेपाली

दीपक मनाङे पनि उपस्थित

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका हुन् ।

गुरुङलाई मत दिन अनुपस्थित रहेका मनाङे विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका हुन् । मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित पुगेका हुन् ।

६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार