कोरोना अपडेट: ३ हजार ७ सय ५० जनामा संक्रमण, ६७ जनाको मृत्यु

नेपालमा शुक्रबार थप ३ हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५९८ पिसिआर परिक्षणका क्रममा २ हजार ७०९ र ५ हजार ५८४ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २३ हजार १५१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ३०५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ५ हजार २ सय २५ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख २० हजार ८१६ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३१ लाख ९८ हजार ७०२ वटा नमुनाको पीसीआर र ९६ हजार ९५२ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार