प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको माधव नेपालको भनाई (भिडियो)

हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई दिए चुनौती

नेकपा एमालेका नेता माधव कुमार नेपालले आफुहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको बताएका हुन् ।

ओलीमा कम्युनिष्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटको राजनीति गरेको बताए । त्यस्तै उनले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने उल्लेख गरेका छन् । नेता नेपालले हिम्मत भए आफूहरुलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौती समेत दिएका छन् ।

ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने गरेको नेपालको भनाइ छ । नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गर्ने प्रयास गरिरहेको तर्क पनि गरे । ओली व्यक्तवादी भएको आरोप लगाउँदै नेता नेपालले आफूहरु ओली प्रवृत्तिविरुद्ध लडिरहेको धारणा राखेका छन् ।

नेपालले ओलीको व्यक्तिवादी चिन्तनलाई बहिस्कार गर्दै अघि हिँड्न कार्यकर्तालाई आह्वान गर्दै आफ्नो समूह सामूहिकवादी प्रवृत्ति र सबैलाई मिलाउने दिशातर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://www.facebook.com/tvannapurnaofficial/videos/2795488890704482

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार