दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा

पोखराबाट पक्राउ परेका चर्चित ‘डन’ गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले बिहीबार लामासहित तीनजनालाई पक्राउ गरेको थियो । आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोमा जिप्रकाले तीनै जनाको बयानपछि जरिवाना तिराएर छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए ।

बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार