दाङको तुल्सीपुरमा गोली चल्यो, वली पक्राउ

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादका बिच गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा गोली चलेको हो। गोली चलाएको आरोपमा पूर्णबहादुर वली पक्राउ परेका छन् । प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन सामान्य विबादमा तर्साउन गोली चलाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार