कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Sunrise Bank Middle Size

कञ्चनपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिका-५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेको थापाले बताए ।

बिहीबार स्थानीय नर्सरी जंगलमा सँगै घुम्न गएका बेला नशालु पदार्थ खुवाएर किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको पीडित युवतीले आरोप लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...