बेलायतले गरिब देशलाई १० करोड डोज कोरोना खोप उपलब्ध गराउने

बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आवश्यकता महशुस गरिएका देशहरुमा आगामी सातादेखि खोप उपलब्ध गराइने बताएका हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाइ आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो ।

बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार