सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओली नजाने

सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्ने भन्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई पत्राचार नै गरेर बोलाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली भने बैठकमा नजाने भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार