सिटी एक्सप्रेसको प्रदेश ५,६ र ७ मा एजेन्ट् मीट् कार्यक्रमहरु सम्पन्न

सटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएम्एल सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १४ वर्ष देखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार