नेपालमा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना पुष्टि, ५९ जनाको मृत्यु

नेपालमा बिहीबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ९०१ पिसिआर परिक्षणका क्रममा २ हजार ८७४ र ५ हजार ३३७ एन्टीजेन परिक्षणका क्रममा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५९ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार २३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ५ हजार २ सय ९३ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख १५ हजार ५५१ जना संक्रमित निको भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार