नवनियुक्त ७ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

यस्तो बन्यो २५ सदस्यीय क्याबिनेट

मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर २५ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् भने गृह खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाले सपथ लिएका छन् ।

यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार