सुदूरपश्चिममा माधव पक्षका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

समर्थन फिर्ता लिने पार्टी नेतृत्वको निर्णयविपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै संसदीय दलका नेता प्रकाश शाहसहित उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार