बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै प्रदर्शन (भिडियो)

बीएण्डसी मेडिकल कलेजलाई सरकारले सम्बन्धन दिन खोजेको भन्दै गोविन्द केसी अलाइन्सले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

गोविन्द केसी अलाइन्स आबद्ध युवाहरूले बिहीबार काठमाडौंको माइतीघरमा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले संविधानमाथि केपी ओली, कानुनमाथि दुर्गा प्रसाईँ, चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन सिटामोलमा कमिसन लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कहिबेर प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो ।

यसअघि बिहीबार नै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबरजस्ती बैठक राखेर राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध जनाएका थिए । उनले सम्बन्धन सम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरूलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्षम्य अपराध हुने पनि बताएका छन् ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार