प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन् आज बन्न लागेका आठ मन्त्रीहरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । हाल आफूसँग राखेका आठ वटा मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्रीहरु नियुक्ति गर्ने तयारी गरेका हुन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् । नयाँ मन्त्रीहरुलाई आजै राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खुवाउने तयारी छ ।

यी हुन् नयाँ बन्न लागेका आठ मन्त्रीहरु :
नारदमुनी राना, वनमन्त्री
मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
खगराज अधिकारी, गृहमन्त्री
नैनकला थापा, सन्चारमन्त्री
ज्वालाकुमारी साह, कृषिमन्त्री
राजकिशोर यादव, उद्योगमन्त्री
गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
आशा विक, वनराज्यमन्त्री

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार