तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार