नागरिकता अध्यादेशविरुद्धको निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

नागरिकता अध्यादेशविरुद्धको निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ । अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टीलगायतका ६ रिट दायर भएका छन् ।

यसअघिको संवैधानिक इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

आज दुवै पक्षसँगको छलफलपछि संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिने निक्र्योल गर्नेछ । वरिष्ठ अधिवक्ता कार्कीसहित कानून व्यवसायीले नागरिक अध्यादेश खारेजको गर्न माग गर्दै रिट दायर गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् । अध्यादेशले दुई वटा विषय सम्बोधन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार