प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्रीले लिए सपथ

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।

उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए । नवनियुक्त मन्त्रीहरुमध्ये यादव धनुषा क्षेत्र नम्बर ३ को १ बाट, सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने शर्मा पर्साका समानुपातिक सांसद हुन् ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहले सरकारबाट ठाकुर–महतो समूहका चारमन्त्री पदमुक्त गरेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्‌मा बुधबार साँझ कांग्रेस सांसदहरुलाई सहभागी गराएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार